दफा ९४
फैसला भएको विषयमा फिरादपत्र दिन नहुने

(१) कुनै विषयमा एक पटक फैसला भएपछि त्यस्तो फैसला उपर कानून बमोजिम पुनरावेदन नगरी सोही विषयमा उही व्यक्ति उपरसोही पक्षले फिरादपत्र दिन सक्ने छैन ।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी दर्ता भएको फिरादपत्र खारेज हुनेछ ।
(३) उपदफा (१) को प्रतिकूल हुने गरी दिएको फिरादपत्रको आधारमा भएको फैसला बदर हुनेछ ।